पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – सरकारले विदेशमा ज्यान गुमाएका श्रमिकको उतै अन्त्येष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गरेको छ ।
वैदेशिक रोजगर बोर्डको सचिवालयले सोमबार सूचना निकालेर श्रम स्वीकृती लिएका विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्येष्टिका लागि सहमतिपत्र दिन आग्रह गरेको हो ।
यसरी अनुमति दिने सम्बन्धित परिवारलाई सान्त्वना, राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको पनि बोर्डले जनाएको छ । बोर्डकाअनुसार नजिकको हकदारको तर्फबाट सहमतिपत्र सम्बन्धित जिल्ला प्रशाशन कार्यालयमार्फत पठाउन सकिनेछ ।
अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको बेला शवलाई स्वदेश फर्काउन नसकिने र कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव पनि स्वदेश ल्याउन नमिल्ने बाध्यात्मक अवस्था भएकाले सम्बन्धित देशमा नै अन्तिम संस्कारका लागि सहमति पत्र पठाउन बोर्डले अनुरोध गरेको हो ।
अहिले विदेशमा एक सयभन्दा बढीको शव अलपत्र छ । कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना विदेशमा अन्त्येष्टि गर्न पाइँदैन ।
विदेशमा ज्यान गुमाउनेको शव तत्काल स्वदेश ल्याउने सम्भावना नभएको भन्दै सरकारले विदशेमै अन्त्यष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।