पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - केन्द्रीय तथ्याङ्क विभागले प्रादेशिक कुल गार्हस्थ उत्पादन अर्थात जीडीपीको अनुमान सार्वजनिक गरेको छ ।
विभागले आर्थिक वर्ष २०७६-७७ का ८ महिनासम्मका आर्थिक गतिविधिको आधारमा कुल गार्हस्थ उत्पादनको प्रक्षेपण सार्वजनिक गरेको जनाएको छ । तथ्यांक विभागका अनुसार सबै प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा गिरावट आएको छ ।
यो आर्थिक वर्षमा देशको कुल जीडीपी ३७ खर्ब ६७ अर्वको रहने अनुमान गरिएकोमा १३ खर्ब ५० अर्वको जीडीपी वाग्मती प्रदेशको रहेको छ । यो कुल जीडीपीको ३५ ८४ प्रतिशत हिस्सा हुन आउँछ । सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको छ । कुल जीडीपीमा कर्णालीको हिस्सा १ खर्ब ६१ अर्व अर्थात ४ दशमलव २७ प्रतिशत रहेको छ ।
कुल जीडीपीमा प्रदेश १ को १५ दशमलव ८२, प्रदेश २ को १३ दशमलव ७८, गण्डकीको ८ दशमलव ९०, प्रदेश ५ को १४ दशमलव १८ र सुदूरपश्चिम प्रदेशको हिस्सा ७ दशमलव २१ प्रतिशत रहेको छ ।
तर जीडीपीको वृद्धिदरमा भने सुदूरपश्चिम प्रदेश अघि रहेको छ । देशको कुल जीडीपीको वृद्धिदर २ दशमलव २८ प्रतिशत अनुमान गरिएको छ । तर सुदूरपश्चिममा भने वृद्धिदर सबैभन्दा धेरै ४ दशमलव शून्य ८ प्रतिशत रहने अनुमान छ । सबैभन्दा कम वाग्मती प्रदेशको वृद्धिदर १ दशमलव १३ प्रतिशत मात्रै रहने अनुमान छ ।
प्रदेश १ को वृद्धिदर ३ दशमलव ४१ प्रतिशत, प्रदेश २ को २ दशमलव २८, गण्डकी प्रदेशको २ दशमलव ६८, प्रदेश पाँच को २ र कर्णाली प्रदेशको वृद्धिदर ३ दशमलव ५६ प्रतिशत रहने अनुमान रहेको तथ्याङ्क विभागले जनाएको छ ।
सबै प्रदेशको वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।