पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
ललितपुर – ललितपुरको पुल्चोकमा एउटै भवनमा रहेको आरोग्य प्रतिष्ठान र निदान अस्पताल अस्थायी रुपमा सिल गरिएको छ ।
आरोग्य प्रतिष्ठानमा कार्यरत एक नर्समा हिजो कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका लागि एकै भवनमा रहेका प्रतिष्ठान र निदान अस्पताल अस्थायी रुपमा सिल गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरमा बस्दै आएकी नर्स बिरामी भएपछि अस्पतालको एम्बुलेन्सले नै भक्तपुरदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्याएर आरोग्य प्रतिष्ठान फर्किएकाले अस्पतालमा रहेकाहरुको परीक्षण गर्न सिल गरिएको हो ।
एम्बुलेन्स चालक र सहयोगीको कोरोना परीक्षण गर्न घाँटीको स्वाब सङ्कलन गरिसकिएको पनि प्रहरीले जानकारी दिएको छ । आज बिहान सिल गरिएको भवनमा अहिले कोही पनि निस्कन र भित्र पस्न पाएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।