गुल्मी जिल्ला ५ दिनका लागि सिल

 वैशाख ३१, २०७७ बुधबार १७:८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – प्रदेश नम्बर ५ का जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गुल्मी जिल्ला पाँच दिनका लागि सिल हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहीबार बिहान ६ बजेदेखि ५ गते मध्यरातिसम्म जिल्ला सिल गर्ने जनाएको छ । 

एम्बुलेन्स, शव वाहन, मृत्यु संस्कार, विद्युत्, सञ्चार  र इन्धनबाहेकका गाडी जिल्ला भित्रन र बाहिरिन नदिने स्थानीय प्रशासनले जनाएकाे छ । बिरामी भएको अवस्थाबाहेक सर्वसाधारण घरबाहिर ननिस्कने, सहकारी र वित्तीय संस्था बन्द हुनेछन् । 

अत्याश्यक सामग्री किन्नको लागि बिहान ११ बजेदेखि १ बजेसम्म सामाजिक दुरी कायम गरेर पसल खोल्न मिल्ने प्रमुख जिल्ला अधिकारी भरत शर्माले प्रकाशित गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया