नेपालमा कोरोना : ३५ जना निको, ८१ हजारभन्दा धेरैको परीक्षण

 वैशाख ३१, २०७७ बुधबार १७:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १९ रहेको छ । देशभरि दुई सय ४५ जना आइसोलेशनमा रहेका छन् भने तीन सय ५४ जना 'रेड जोन'मा छन् । १४ हजार तीन सय १३ जना क्वरेण्टीनमा रहेका छन् ।

सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिलेसम्म २१ हजार तीन सय ४० जनामा पीसीआर विधिमार्फत परीक्षण गरिएको र ६० हजारभन्दा धेरैको आरडीटीमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५७ को पीसीआर र ६ सय ९२ जनाको आरडीटीमार्फत परीक्षण गरिएको हाे । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया