एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाडौं – विषालु सर्प कोब्रा पहाडी र हिमाली भेगमा पनि पाइन थालेको छ । यसअघि तराईमा मात्रै पाइने गरेको कोब्रा अहिले पहाडी क्षेत्रमा पाइन थालेको अध्ययनले देखाएको हो । मनाङ, ताप्लेजुङ, सल्यान, सोलुखुम्बु, डोटी, दैलेखलगायतका पहाडी र हिमाली जिल्लामा पनि विषालु सर्पको डसाईबाट ज्यान जान थालेको डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो ।
यस्तै सामान्यतया गर्मी महिनामा मात्र सक्रिय हुने विसालु सर्प जाडो याममा पनि सक्रिय हुन थालेको उहाँले बताउनुभयो । डोटीको दिपायलमा कोब्रा र किङ कोब्रा जाडो महिनामा पनि सक्रिय हुन थालेको पाइएको छ भने दैलेखको दुल्लुमा किङ कोब्राको वासस्थान पाइएको छ । तराईबाट लगिने खानेपानीको पाइप, काठको मुडा लगायतमा अल्झिएर पनि विषालु सर्प पहाडी र हिमाली भेगमा पुग्ने गरेको पाइएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारण पनि सर्प हिमाली र पहाडी भेगमा पाइन थालेको अनुमान गरिएको छ ।
सर्पले डसेपछि तत्काल नजिकैको अस्पतालमा जान डाक्टर मरासिनीले सुझाव दिनुभयो । सर्पले डसेपछि निलो हुनेगरि बाँध्दा रगत संचालन नहुँदा अंग नै काट्नुपर्ने अवस्था आउने गरेकाले विष शरीरमा चाँडै नफैलिने तरिकाले भने बाँध्न सकिने डाक्टर मरासिनीले सुझाव दिनुभयो ।
याे पनि हेर्नुहाेस् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।