काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - नागरिकले कोरोना भारइरसको सङ्क्रमणलाई फैलिन नदिन लकडाउनलाई कडा बनाउन र परीक्षणको दायरा बढाउन सरकारलाई सुझाव दिएका छन् ।
शेयरकास्टले देशभरिका दुई हजार दुई सय ८९ व्यक्तिसँग टेलिफोन सम्पर्क गरी सर्वेक्षण गर्दा ५४ प्रतिशत उत्तरदाताले सरकारले लकडाउनलाई कडा बनाउनुपर्ने धारणा राखे भने ४५ प्रतिशत उत्तरदाताले परीक्षणको दायरा तत्काल बढाउनुपर्ने बताएका छन् ।
‘लकडाउनकाे सात हप्ता : नागरिक के भन्छन्, के गर्दैछन् ?’ भन्ने मत सर्वेक्षणको नतिजा अनुसार २७ प्रतिशत उत्तरदाताले भारत तथा तेस्रो देशबाट घर फर्किन चाहनेलाई व्यवस्थित रुपमा आउन दिनुपर्ने विचार व्यक्त गरेका छन् ।
सर्वेक्षणमा संलग्न भएकामध्ये ५३ प्रतिशत उत्तरदाताले स्वास्थ्य जाँच वा अति आवश्यक किनमेलबाहेक लकडाउनमा घरबाट बाहिर ननिस्केको बताएका छन् । २८ प्रतिशतले यस अवधिमा एकदेखि पाँच पटक, ९ प्रतिशतले पाँचदेखि १० पटक घरबाट बाहिर निस्केको बताए ।
लकडाउनको सात हप्तामा ६० प्रतिशत उत्तरदाताले दैनिक उपभोग्य सामान किन्न समस्या भएको बताएका छन् । काम नभएकोले आर्थिक समस्या बढेका जवाफ दिनेमा ५४ प्रतिशत छन् । नियमित काम वा रोगजारी गुमेकाे कारण १७ प्रतिशतले चिन्ता बढेको र १० प्रतिशतले कोरोना भाइरसको डरले चिन्ता बढेको बताएका छन् ।
सर्वेक्षणमा सातवटै प्रदेशका सहभागी उत्तरदातामध्ये ५१ दशमलव ६० प्रतिशत महिला र ४८ दशमलव ४० प्रतिशत पुरुष थिए । सर्वेक्षणको लागि तथ्याङ्क सङ्कलन गएको वैशाख २६ र २७ गते गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।