काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेशीले नेपालमा गर्ने खर्च बढेको छ । कोरोना भाइरसकाे कारण माघको अन्तिमदेखि पर्यटक आवागमनमा कमी आएपनि नौ महिनासम्मको तथ्याङ्कले पर्यटकमार्फत हुने खर्च बढेको देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय नौ महिनामा शून्य ६ प्रतिशतले बढेर ५५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो नौ महिनामा यस्तो आय ५५ अर्ब ४३ करोड रहेको थियो । यस्तै सेवा खाता अन्तर्गत भ्रमण व्यय २६ दशमलव ४ प्रतिशतले घटेको छ ।
नौ महिनामा नेपालीले ५० अर्ब २२ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च गरेका छन् । यसमध्ये शिक्षातर्फको खर्च २४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको नौ महिनामा नेपालीले विदेशमा भ्रमण गर्दा ६८ अर्ब २६ करोड खर्च गरेका थिए । यसमध्ये शिक्षातर्फको खर्च ३५ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।