जनताले बनाएको सरकार अरु देशले ढाल्ने कल्पना पनि नगरौँ : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १३:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो सार्वभौमसत्ता रक्षा गर्न सक्षम रहेको बताउनुभएको छ । 

नेपाल जस्तो बलियो देशका बीचमा रहेको देशले देखावटी राष्ट्रवाद या लम्पसारवादको बाटो समाउन नहुने उहाँको भनाइ छ ।

प्रतिनिधिसभामा बोल्दै उहाँले राणाशासनको समाप्तिलगत्तै पछाडिदेखि उत्तरतर्फको देशको सीमातर्फ अरु देशको सेना राख्ने, नेपालकै मन्त्रिपरिषद्को बैठकमा विदेशी नेता सामेल हुने लगाएका काम भएको उहाँको भनाइ छ । यस्ता काम घृणित भएको पनि बताउनुभयो ।  

भूगोलले देश साना ठूला भए पनि राष्ट्रियता सानो ठूलो नहुने प्रधानमन्त्रीले बताउनुभयो । जति सानो या ठूलो भूमि भए पनि सार्वभौमसत्ता त्यही देशकै ठूलो हुने, आफ्नो देशको बारेमा आफैँ निर्णय गर्न सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । 

सत्ता पल्टाउने र ल्याउने विषयमा कुनै पनि देशको आर्शीवाद नरहेको, नागरिकले मत दिएर बनाएको सरकार भएकाले कुनै देशले ढाल्ने ढालिने कल्पना पनि नगर्न उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया