सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - मकैमा बढी देखिने गरेको अमेरिकी फौजी कीरा अरु अन्नबाली र तरकारीमा समेत देखिन थालेको छ ।
अमेरिकी फौजी किरा ३ सय ५३ प्रकारका बालीमा देखिएको कृषि विकास निर्देशनालयले जनाएको छ । जुनसुकै अन्नबाली र तरकारी बालीमा पनि अमेरिकी फौजी किरा देखिन थालेको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले बताउनुभयो ।
मकै, धान, गहुँ, काउली, कोदो, घाँसेवाली, काउली, बन्दा, तेलहनबाली, काँक्रो, बदाम, भटमास, प्याज, गोलभेंडा, आलु लगायतका बालीमासमेत अमेरिकी फौजी किराले सताउन थालेको उहाँले बताउनुभयो । तर मकैबालीलाई यो किराले सबैभन्दा बढी मन पराउने गरेको छ ।
मकैमा फौजी किराको प्रकोप बढेपछि किसान समस्यामा परेका छन् । प्रकोपकै रुपमा देखिएको किरा नियन्त्रण प्रभावकारी हुन सकेको छैन । मकैमा देखिएको फौजी किराले किसानलाई हैरान पारेको मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।
बागमती प्रदेशका १३ वटा जिल्लामध्ये काठमाण्डौ, ललितपुर, भक्तपुर र रसुवा बाहेक अरु नौ जिल्लामा फौजी किरा भेटिएको छ । गएको वर्ष ६ वटा जिल्लामा देखिएको फौजी किरा यो वर्ष नौ वटा जिल्लामा देखा परेको निर्देशनालयका बाली संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी फौजि किराले बालीमा कोतरेर नोक्सानी पुर्याउँछ ।
नेपालमा दैलेख, सल्यान, रोल्पा, बाँके प्युठान, नवलपरासी पुर्व, चितवन लगाएतका जिल्लामा फौजी किराको देखिएको छ । २०७६ सालमा नेपालमा यो किराको प्रकोप देखिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुर्गाप्रसाद बेल्बासे
May 21, 2020, 9:19 a.m.समाधान गर्ने उपाय पनि पोस्ट गर्नुहोस् न ताकी हामीले पनि केही हद सम्म रोकथाम गर्न सकुम।