सरकारले तिर्‍याे झण्डै ५७ अर्ब रुपैयाँ ऋण

 जेठ ९, २०७७ शुक्रबार १४:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा झण्डै ५७ अर्ब रुपैयाँ ऋण तिरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नौ महिनामा आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा र १४ अर्ब ४९ करोड ब्याज गरी ४१ अर्ब चार करोड रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै बाह्य ऋणतर्फ साँवा १२ अर्ब ९८ करोड रुपैयाँ र ब्याज दुई अर्ब ८० करोड गरी १५ अर्ब ७८ करोड रुपैयाँ  भुक्तानी गरेको छ । समग्रमा नौ महिनामा सरकारले ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिरेको छ । 

नेपालको कुल ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिक ऋण चार खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ र वैदेशिक ऋण सात खर्ब १४ अर्ब सात करोड रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया