वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
दैलेख – उपचारमा लापर्वाही भएको भन्ने व्यापक जन दबावपछि सदरमुकाममा राखिएका कर्णालीका पहिला कोरोना सङ्क्रमित पुरुषलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।
कोरोना सङ्क्रमित पुरुषलाई आइसोलेशन वार्डबाट सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड इञ्चार्ज थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
गएको जेठ १ गते लक्ष्मी मावि सात्तलाको क्वरेण्टीनमा पीसीआर परीक्षणमा कोेरोना पुष्टि भएपछि मङ्गलबार सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेशन वार्डमा राखिएका आठबीस नगरपालिका १ सात्तलाका ३५ वर्षीय ती पुरुषलाई चौथो दिन सुर्खेत लगिएको हो ।
भेन्टिलेरसहित उपकरण हुनुपर्ने र मापदण्ड पूरा नगरेको नाम मात्रको आइसोलेशन वार्डमा आकस्मिक उपचार गर्नुपरे समस्या हुने भन्दै जनप्रतिनिधि, राजनीतिक नेतृत्व र नागरिक समाजको चौतर्फी दबावपछि शुक्रबार सुर्खेत पठाइएको हो ।
कर्णालीकै पहिलो सङ्क्रमितलाई उपचारमा लापर्वाही भइरहेको भन्दै प्रतिनिधि सभाकी सदस्य पार्वती बिसुन्केले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर आग्रह गरेपछि मन्त्रीको निर्देशनमा ती सङ्क्रमितलाई दैलेखबाट सुर्खेत पठाइएको हो ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।