आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

 जेठ ११, २०७७ आइतबार ८:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडाै - आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि धेरै ठाउँको मौसम सफा हुने देखिएको छ ।

मौसम खुलेसँगै देशभरी कै तापक्रम बढ्ने उहाँले बताउनुभयो । यस्तै अब पश्चिममा वबस्तारै तातो हावा चल्न थाल्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया