युवतीमाथि सामूहिक बलात्कार : १ पक्राउ, ४ जना फरार

 जेठ ११, २०७७ आइतबार २१:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवतीमाथि सामूहिक बलात्कार भएकाे छ ।

मध्यपुरथिमि नगरपालिका ६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षका रोहित गिरीसहित पाँच जनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाइ आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर आफ्ना साथी कवाङ लामासहित चार जनालाई बोलाइ बलात्कार गरेको बताइएकाे छ ।

पीडित युवतीले यही ९ गते बिहान महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भइ मध्यपुरथिमि ६ पुरानोथिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 

प्रहरीले आज जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको र फरार अन्य चार जनाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया