विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार हुन्छ : प्रधानमन्त्री ओली

 जेठ १२, २०७७ सोमबार १७:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार गरिने बताउनुभएको छ ।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उहाँले विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार गरिने बताउनुभएको हो । विदेशमा समस्यामा परेका र दुःख पाएका नेपालीको उद्धारका लागि विस्तृत योजनासहितको आदेश छिटै जारी हुने पनि उहाँले बताउनुभयो ।

कोरोना महामारिका बेला विदेशमा समस्यामा परेका श्रमिकको समस्या समाधानका लागि विभिन्न देशका राष्ट्र प्रमुखसँग आफूले कुराकानी गर्दै अनुरोध गरेको र ती देशले गरेको सहयोग प्रति उहाँले धन्यवाद पनि दिनुभएको छ ।

उहाँले भन्नुभयाे, 'नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ ।'

यस्तै प्रधानमन्त्रीले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा चोट पुग्ने गरी व्यवहार नगर्न पनि आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया