काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सरकारले लकडाउन खुकुलो बनाएर उद्योग र विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने सङ्केत गरेको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन र आपूर्ति प्रणालीमा सहजता ल्याउन उद्योग खोल्न अनुमति दिइने बताउनुभयो । आफ्ना उद्योगका कामदारलाई समुदायमा छ्यासमिस नगराउने र जिल्ला जिल्लाबाट उद्योगसम्म आउने मजदुरलाई कोरोना परीक्षण गराइने प्रधानमन्त्री अोलीले बताउनुभयो ।
सम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा काम गर्ने श्रमिकहरुलाई मापदण्ड पालना गराउने र यसको जानकारी नियमित रुपमा प्रशासनलाई गराउनुपर्ने शर्त राखिने प्रधानमन्त्री ओलीले बताउनुभयो । यसको प्रभावकारिताको आधारमा अरु व्यवसाय सञ्चालनको प्रक्रिया थालिने प्रधानमन्त्री अोलीको भनाइ छ ।
यस्तै अब विकास निर्माणका काम पनि चल्ने प्रधानमन्त्रीले सङ्केत गर्नुभएको छ ।
‘कोरोना महामारीबीच पनि माथिल्लो तामाकोशी, मेलम्ची, पोखरा, भैरहवा र त्रिभुवन विमानस्थललगायतका आयोजनाका काम भइरहेका छन् । यसले महामारीका बीचमा पनि सुरक्षित रहेर काम गर्न सकिन्छ भन्ने पुष्टि भएको छ’, ओलीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Krishna
May 26, 2020, 6:10 p.m.मेरो आफ्नो विचार .....अब उपत्यकामा लकडाउन खोले बेस हुन्छ जस्तो मलाई लाग्छ , तर बाहिरवाट कुनै सवारी आउन दिनु भएन /