कोरोना सङ्क्रमणबाट जोगिन आम नागरिकलाई प्रधानमन्त्री ओलीका पाँच टिप्स

 जेठ १२, २०७७ सोमबार १९:४१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई पाँच वटा सुझाब दिनुभएको छ । राष्ट्रको नाममा सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्ता सुझाब दिनुभएको हो । उहाँले नेपालीले खाने तरकारी र अचारमा औषधीय तत्व रहेको बताउनुभयो ।

हाम्रा पूर्वजहरूले हजारौँ वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोधी क्षमता बढाउन बल पुर्याइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न सबैलाई आग्रह गर्नुभयो ।

१) यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ ।
२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ । शारीरिक र श्वास प्रश्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
३) भाइरस फोहरमा रमाउँछ । आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।
४) स्वस्थ रहनको लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
५) भय र त्रास, चिन्ता र आशङ्काले रोगव्याधिविरुद्धको लडाइँमा कमजोर तुल्याउँछ । उच्च मनोबल कायम राखौँ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया