वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
स्याङ्जा - स्याङ्जामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट जेठ १० गते आएर वालिङ नगरपालिकाको क्वरेण्टीनमा बसेका दुई जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु वालिङ नगरपालिका वडा नम्बर ७ का २९ र २० वर्षीय पुरुष रहेका छन् । दुवै जनालाई आइसोलेशनमा राख्नका लागि आजै स्याङ्जा सदरमुकाम लगिएको प्रदेशका स्वास्थ्य निर्देशक विनोद बिन्दु शर्माले पोखरामा केही बेर अगाडि पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।
उनीहरुको टोलीमा चापाकोट र हरिनासका व्यक्तिहरु रहेको बताइएको छ । त्यसमध्ये वालिङको क्वरेण्टीनमा रहेकाहरुको मात्र पीसीआर परीक्षण गरिएको तर अन्यको स्वाब सङ्कलन गर्न नै बाँकी रहेको बताइएको छ ।
स्वास्थ्य कार्यालयलयले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भइसकेको जनाएको छ । शनिबार वालिङको क्वरेण्टीनमा बसेका २० जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।