गायक नवीन के भट्टराईको ‘अनिदो भै रातमा’ सार्वजनिक

 साउन १६, २०७५ बुधबार ११:३३:४५ | उज्यालो सहकर्मी

काठमाडाैं – गायक नवीन के भट्टराई आफ्नो गीति संग्रह ‘एनकेबी’ को दोस्रो गीत लिएर दर्शक तथा स्रोता समक्ष आएका छन् । “अनिदो भै रातमा“ बोल को उक्त गीत  युट्यूव, विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको छ । 

गीतको शब्द नवीना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन्  । गीतको संगीत संयोजन इमानविक्रम शाह ले गरेका छन् । उक्त गीति संग्रहलाई  म्युजिक नेपालले बजारमा ल्याएको हो ।  भिडियो अमेरिकाको रमणीय ठाउँमा खिचिएको छ ।

भिडियोमा  नव कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका छन् । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया