अस्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने सम्भावना

 जेठ १४, २०७७ बुधबार १७:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अष्ट्रेलियामा हुने भनिएको टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२२ मा सर्ने सम्भावना बढेको छ ।

अक्टोबर ११ देखि नोभेम्बर ५ तारिखमा हुने भनिएको प्रतियोगिता सर्ने सम्भावना रहेको आईसीसीका एक पदाधिकारीले बताएका छन् । विश्वकप हुने नहुने लगायतका अरु एजेन्डाका लागि आईसीसीको बोर्ड बैठक बिहीबार बस्दैछ जसमा टी-२० विश्वकपको बारेमा निर्णय हुनेछ ।

आईसीसी शीर्ष पदाधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सीसँगको कुराकानीमा यो वर्ष हुने भनिएको टी-२० विश्वकप सर्ने प्रबल सम्भावना रहेको बताएका छन् ।

पछिल्लो पटक टी-२० विश्वकप स्थगित भएमा त्यो समयमा आईपीएल गर्ने योजनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई रहेको छ । तर यसबारेमा पनि बिहीबार नै निर्णय हुनेछ । बोर्ड बैठक भिडियो कन्फ्रेन्सबाट हुनेछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया