दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
सोलुखुम्बु : सोलुखुम्बुम एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको घर र जिल्ला अस्पताल सिल गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाका २७ वर्षीय युवामा कोरोना पुष्टि भएसँगै बिहीबार बसेको कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) को बैठकले सिल गर्ने निर्णय गरेको हो ।
निमोनिया र श्वासप्रस्वासको लक्षण देखिएर जिल्ला अस्पताल फाप्लुमा भर्ना भएका युवामा सङ्क्रमण पुष्टि भएपछि अन्यमा सङ्क्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई क्वरेन्टीनमा राखिएको छ । युवाको परिवार र उपचारमा संलग्न चिकित्सकहरुको पीसीआर परिक्षण गरिने तयारी भइहेकाले उनीहरुको रिपोर्ट नआएसम्म सिल गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गरिएको परिक्षणमा सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई थप उपचारका लागि बिहीबार नै कोरोना अस्पताल विराटनगर पठाइएको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।