निसर्ग आँधी : भारतका ४७ गाउँ खाली गराइयो, सडक र रेलसेवा बन्द

 जेठ २१, २०७७ बुधबार १५:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण पूर्वी अरब सागरमा विकास भएको निसर्ग नामको आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको छ ।

भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बइ र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी दिएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ खाली गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी दिएको छ । सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै उदारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको छ । आज बेलुका आठ बजेसम्म आँधीसहित वर्षाको सम्भावना रहेकोले त्यसबेलासम्म सचेत रहन भनिएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया