एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन् ।
प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिंस्रक बनेको आन्दोलन रोक्न चालेको नयाँ रणनीति भनेको छ ।
घुँडा टेकेपछि प्रहरीको अगाडि पुगेका प्रदर्शनकारी केही शान्त देखिएका छन् । आठ दिनअघि मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकाली घाँटी थिचेर हत्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आन्दोलन चर्किएको छ ।
प्रहरीले हत्या गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरी उनीसहित अरु चार जनालाई पक्राउ गरेको छ । अहिले अमेरिकाका ४० वटा शहरमा कर्फ्यु लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।