कोरोनाबाट मृत्यु भएकाको शव अन्त्येष्टिमा सहजता

 जेठ २१, २०७७ बुधबार २०:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरसको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ ।

मृत शरीरको संसर्गबाट कोरोना भाइरस सर्ने तथ्य फेला नपरेको भन्दै सावधानी अपनाइ आ–आफ्नाे धर्म, परम्परा अनुसार शवको अन्त्येष्टि गर्न कार्यविधि संशोधन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

परम्परागत रुपमा चलिआएका शव अन्त्येष्टि स्थलमा नै सचेत भएर शवको अन्त्येष्टि गर्ने व्यवस्था गरिएको छ ।

तर शव अन्त्येष्टि गर्ने ठाउँमा बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धालाई भने जान रोक लगाइएको छ । यसअघि कोरोना सर्ने डरले शव उठाउन हम्मे–हम्मे परेको थियो । तर कार्यविधि संशोधन गर्दै सरकारले सामान्य सुरक्षाका उपाय अपनाएर शवको अन्त्येष्टि गर्न सक्ने व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया