विश्वभर ३३ लाख १२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित निको

 जेठ २४, २०७७ शनिबार ७:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर ३३ लाख १२ हजार भन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

वर्ल्डओमिटरका अनुसार ६८ लाख २६ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएकोमा ३३ लाख १२ हजारभन्दा धेरै निको भएका छन् । ३ लाख ९८ हजार जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय जनाको ज्यान गएको छ, ७ लाख भन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २९ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ भने १२ सय जनाको ज्यान गएको छ ।

अमेरिकापछि पछिल्लो समय ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घन्टामा ९ हजार ४ सय जनामा सङ्क्रमण देखिएको छ भने २ सय ८६ जनाको ज्यान गएको छ ।

भारतमा कुल २ लाख ३६ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ६ हजार ६ सय भन्दा धेरेको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया