आइतबार थपिए २१३ काेराेना सङ्क्रमित

 जेठ २५, २०७७ आइतबार १६:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार थप दुई सय १३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै कुल सङ्क्रिमतकाे सङ्ख्या तीन हजार चार सय २८ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

आइतबार थपिएकामा दुई सय नाै जना पुरुष रहेका छन् भने चार जना महिला छन् । 

त्यस्तै पछिल्लाे २४ घण्टामा एक सय दुई जना काेराेना सङ्क्रमित डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । जसमा सय जना पुरुष छन् भने दुई जना महिला छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या चार सय ६७ पुगेकाे छ, जसमा पुरुष तीन सय ९९ जना रहेका छन् भने ६८ जना महिला रहेका छन् । 

नेपालमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या १३ पुगेकाे छ । 

 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया