अर्घाखाँचीमा नगर उपप्रमुखसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ २६, २०७७ सोमबार १७:०:१७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकसहित सोमबार एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

कोरोना सङ्क्रमण हुनेमा दुई जना महिला र २९ जना पुरुष रहेका छन् । उनीहरुमध्ये २८ जना भारतबाट आएका नगरपालिकाले जनाएको छ । भारतबाट गृह जिल्ला आएर पालिकाले बनाएको क्वरेण्टीन बसेका उनीहरुहरुको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । 

कोरोना देखिएका ३१ जनामध्ये अधिकांश गएको जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको सम्पर्कमा आएका व्यक्ति हुन् ।  

गैरेको भारतबाट नेपाल फर्किने क्रममा गएको जेठ १८ गते बाटोमा ज्यान गएको थियो । उनको सम्पर्कमा आएका र उनीहरुसँगै आएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको थियो । 

योसँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ र सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । सङ्क्रमितमध्ये सन्धिखर्क नगरपालिकाका २९, शीतगङ्गा नगरपालिकाका एक र पाणिनी गाउँपालिकाका एक जना रहेका छन् । 

यसैबीच सङ्क्रमित उपप्रमुख विकले भन्नुभयो, ‘म भारतबाट आएकाहरुको सहयोगमा र क्वरेण्टीन व्यवस्थापनमा दिनरात लागिरहे । त्यसैले कोरोना सङ्क्रमण भएको हो ।  म अत्तालिएको छैन् । होम क्वरेण्टीनमै  बस्छु र आवश्यक व्यवस्थापनमा फोन सम्पर्कबाटै सहयोग गर्नेछु ।’

उहाँ नेकपा अर्घाखाँचीका जिल्ला सचिवसमेत रहनुभएको छ । अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाइएको थियो । उहाँमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया