आरडीटी रिपोर्ट पोजेटिभ भएकी सुत्केरीको ज्यान गएपछि भक्तपुर अस्पताल बन्द

 जेठ २६, २०७७ सोमबार १७:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुत्केरीको ज्यान गएपछि भक्तपुर अस्पताल बन्द गरिएको छ । 

सुत्केरी व्यथा लागेपछि हिजो बेलुकी अस्पताल गएकी भक्तपुरको झौखेल बस्ने सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ कि ३६ वर्षकी महिलाको सुत्केरी भएको आधा घण्टामा ज्यान गएको अस्पतालले जनाएको छ । 

महिलाको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकोले अस्पताल बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

खोकी र श्वासप्रश्वास समस्या देखिएकी महिलाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।


 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया