पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलले गरेको सर्वेक्षणले उज्यालो रेडियो सर्वाधिक लोकप्रिय रहेको देखाएको छ ।
प्रेस काउन्सिलले कोरोनासम्बन्धी खबर र लकडाउनको बेला कतिको सत्य तथ्य सूचना प्रवाह भए र नागरिकले कतिको विश्वास गर्छन् भनेर अनलाइन, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालको सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा रेडियो सुन्नेहरुमध्ये सबैभन्दा धेरै अर्थात ३४ दशमलव १ प्रतिशतले उज्यालो रेडियो नेटवर्कका सामग्री रुचाएका/विश्वास गरेका छन् । काउन्सिलले सञ्चारमाध्यममा सम्प्रेषित सामग्रीका सम्बन्धमा देशको सात वटै प्रदेश र उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, भक्तपुर, ललितपुर) लाई छुट्टै उपत्यका क्षेत्र गरी आठ भौगोलिक क्षेत्रमा ११ वटा पेसाका समान सङ्ख्याका मिडिया उपभोक्ताबीच ५० दिनमा यो अध्ययन गरेको थियो ।
सर्वेक्षणअनुसार उज्यालो रेडियो नेटवर्क सर्वाधिक ३४ दशमलव १ प्रतिशतले रुचाएका छन् । रेडियो नेपाल १२ दशमलव २ र अन्य रेडियो ७ दशमलव ३ प्रतिशतले रुचाएका छन् । यस्तै टेलिभिजनतर्फ नेपाल टेलिभिजनलाई ४५ दशमलव ५० प्रतिशतले सूचनाको माध्यम बनाउँदा कान्तिपुर टिभीलाई २४ दशमलव २० र न्युज २४ लाई ९ दशमलव १० प्रतिशतले प्राथमिकतामा राखेका छन् ।
यस्तै अनलाइनतर्फ अनलाइनखबर डटकमलाई सर्वाधिक ५७ दशमलव ६७ प्रतिशतले रुचाएका छन् । पत्रिकातर्फ कान्तिपुर,नयाँ पत्रिका र गोरखापत्रलाई समान २५ प्रतिशतले सूचना प्राप्तिको प्राथमिकतामा राखेका छन् भने २५ प्रतिशतले अन्य पत्रिकालाई प्राथमिकतामा राखेका छन् ।
सामाजिक सञ्जालतर्फ सर्वाधिक ९० प्रतिशतले सूचना प्राप्तिको पहिलो माध्यम फेसबुकलाई बनाएका छन् । यस्तै ट्विटर ६ दशमलव ८० र युट्युबलाई २ दशमलव ३० प्रतिशतले सूचना प्राप्तिको माध्यम बनाएका छन् ।
यस्तै नागरिकले अनलाइनलाई दैनिक सूचना प्राप्तिको पहिलो माध्यम बनाएका छन् । ३१ दशमलव ३८ प्रतिशत नागरिकले अनलाइनमार्फ सूचना प्राप्त गर्छन् भने २४ दशमलव ४० प्रतिशतले सामाजिक सञ्जाल र २२ दशमलव ७० प्रतिशतले रेडियोलाई सूचना प्राप्तिको माध्यम बनाएका छन् ।
टेलिभिजन १८ दशमलव ८० र पत्रपत्रिकालाई २ दशमलव ३० प्रतिशतले सूचना प्राप्तिको माध्यम बनाएका छन् ।
आचारसंहिताको विषयमा
सर्वेक्षणमा सहभागी अत्याधिक करिब ६२.५ प्रतिशत उत्तरदाताहरुले मिडियाले पालना गर्नुपर्ने पत्रकार आचारसंहिताको पूर्ण पालना हुन नसकेको धारणा प्रस्तुत गरेका छन् । सहभागीहरुमध्ये १४.८ प्रतिशत उत्तरदाताहरुले मात्र पत्रकार आचारसंहिताको पूर्ण पालना भएको मत व्यक्त गरेका छन् ।
पत्रकार आचारसंहिता पूर्ण पालना हुन नसकेको मत व्यक्त गरेका ६२.५ प्रतिशत उत्तरदाताहरुले ५० प्रतिशतदेखि ८५ प्रतिशत मात्र पत्रकार आचारसंहिता पालना भएको धारणा राखेका छन् ।
त्यसैगरी १३.६ प्रतिशत उत्तरदाताहरुले न्यून रुपमा अर्थात् २० प्रतिशतदेखि ५० प्रतिशतसम्म मात्र पालना भइरहेको देखाएका छन् । झण्डै ९०.९ प्रतिशत सहभागीहरुको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ।
सर्वेक्षणमा समावेश गरिएका सञ्चारमाध्यममध्ये दोस्रो उल्लङ्घन गर्ने पत्रपत्रिका ४ प्रतिशत र तेस्रो उल्लङ्घन गर्नेमा टेलिभिजन ३.४० प्रतिशत रहेको सर्वेक्षणबाट देखिएको छ ।
वास्तविक पत्रकार को हुन् त ?
सर्वेक्षणमा सहभागी झण्डै ७२.७ प्रतिशत उत्तरदाताहरुले निरन्तर पत्रकारिता पेसामा संलग्न रहेका व्यक्तिहरुलाई सही (यथार्थ) पत्रकारको संज्ञा दिन मिल्ने विचार व्यक्त गरेको पाइएको छ ।
पत्रकारिता पेसामा लामो अनुभव सङ्गालेका, यस पेसाप्रति समर्पित भएका, निष्ठावान्, कर्मठ, जवाफदेही र तथ्यमा आधारित विषयमा कलम चलाउने पत्रकारहरुलाई सही मानेमा पत्रकार भनेर बुझ्न मिल्ने व्यहोरा व्यक्त गरेको पाइयो ।
त्यसैगरी १९.३५ प्रतिशत सहभागीहरुले पत्रकारिता विषय पढेका व्यक्तिहरुलाई पत्रकार मान्न सकिने भनेका छन् । सहभागीहरुको रायमा बुम र क्यामेरा बोकेर सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गर्दै हिँड्ने, बिना लाइसेन्स रेडियो र टिभीमा कार्यक्रम प्रस्तुत गर्दै हिँड्ने व्यक्तिहरुलाई वास्तविक पत्रकार भन्न नमिल्ने विचार व्यक्त गरेका छन् ।
यस्तै उपत्यका लगायतका सबै प्रदेशका सहभागीहरुले लामो समय निरन्तर पत्रकारिता पेसा अंगालेका व्यक्तिहरुलाई मात्र सही मानेमा पत्रकार भन्न मिल्ने विचार व्यक्त गरेको देखिन्छ भने प्रदेश नं ५ र सुदूरपश्चिमका केही सहभागीहरुले भने पत्रकारिता विषय पढेको हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajendra Bhandari
June 8, 2020, 9:48 p.m.I believe ujyaaloo online as well as kayakairan ,mostly listen to news on 8pm and 6am and to read online news through facebook of ujyaaloo online protocol. No any suggestion regarding news which has been deliver by ujyaaloo, keep it up and make digitally to deliver news. At 24 hours i will read and listen to the ujyaaloo