प्लान इन्टरनेशनलद्वारा जमुनाहा नाका हुँदै फर्केकालाई खानेकुरा र स्वास्थ्य सामग्री वितरण

 जेठ २६, २०७७ सोमबार २०:२६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतबाट बाँकेको जमुनाहा नाका भएर घर फर्किरहेकाहरुका लागि खानेकुरा, पानी र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले  उनीहरुलाई तयारी खानासहितका सामग्री वितरण गरिएको हो ।

चेक प्वाइन्टमा स्वास्थ्य जाँच गरेपछि हरेक यात्रुका लागि खानेकुरा र मास्क वितरण गर्न सुरक्षाकर्मी र सरकारी कर्मचारीले समन्वय गरिरहेका छन् । भारतबाट आएका यात्रुहरु आफ्नो गन्तव्यमा फर्किदा प्रयोग गर्ने सवारी साधनमा समेत पिउने पानीको प्रबन्ध मिलाइएको छ । 

उनीहरुका लागि साबुन र मास्कसहितको स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायबारे जानकारी गराइएको छ । 

फर्किएका व्यक्तिहरुलाई आवश्यकताअनुसासर मनोसामाजिक परामर्श पनि दिने गरिएको छ । जमुनाहा नाका हुँदै फर्किएकामध्ये ३० हजार जनालाई सहयोग गर्ने लक्ष्य राखिएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया