असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या पाँच सय ८४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना विशेष अस्पताल जनकपुरबाट ३० जना डिस्चार्ज भएका छन् । धनुषाका ६ जना महिला र २४ जना पुरुष उपचारपछि घर फर्केकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाण्डौको बलम्बुबाट काठमाण्डौकै एक महिला डिस्चार्ज हुनुभएको छ । बाँकेमा २२ जना डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै राप्ती साेनार आइसाेलेशनबाट बाँकेका सात जना डिस्चार्ज भएका छन् ।
त्यस्तै धरानबाट झापाका २८ जना उपचारपछि निको भएका छन् । दाङमा उपचार गराइरहेका सात जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट एक जना निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।