टिप्पर दुर्घटना अपडेट : घाइतेहरुको उद्धारका लागि मुख्यमन्त्री कालीकोट पुगेर फर्किनुभयो

 जेठ २८, २०७७ बुधबार १८:४४:३४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - टिप्पर दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सेनाको हेलिकप्टरमा कालिकोट पुगेर फर्किनु भएको छ । 

आज बिहान कर्णाली करिडोरअन्तर्गत श्रीखोली मन्दिरनजिकै ना ८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना भएको थियो । दुर्घटनामा परेर रास्कोट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की, २३ वर्षकी शर्मिला सार्कीको ज्यान गएको छ । ३ जना अझै बेपत्ता रहेका छन् । घाइते ८ जनामध्ये ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । 

गम्भीर अवस्थामा रहेका २ जनालाई हेलिकप्टरमा काठमाण्डौ लगिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । टिप्पर चालक रास्कोट नगरपालिका वडा नम्बर ८ का २९ वर्षका रङ्गनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको डिएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया