टाटा मोटर्सले सुरु गर्‍यो वेब पोर्टल, अनलाइनबाटै विशेष सुविधासहित गाडी बुकिङ गर्न सकिने

 जेठ २९, २०७७ बिहिबार २१:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्करहित बुकिङ, वेब पोर्टलमार्फत अनलाइन बुकिङ सुरु गरेको छ ।

कोरोना महामारीको यो समयमा कम्पनीले टाटा मोटर्सको कार खरिद गर्न चाहनेलाई सजिलो बनाउन वेब पोर्टल सञ्चालनमा ल्याएको हो ।

https://tatacars.sipradi.com.np/  मा गएर हेर्न सकिने यो वेब पोर्टललाई टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।

यस असहज परिस्थितिका बीच भौतिकरुपमा बाहिर निस्किएर कम्पनीले गाडी खरिदका लागि दिने सेवा सुविधाबारे जानकारी लिन कठिनाइ हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै पोर्टल सुरु गरेको जनाएको छ ।

यो वेब पोर्टलमार्फत गाडीको अनलाइन बुकिङ, क्याटलगहरूसहितको गाडीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मूल्याङ्कन, ऋण मूल्याङ्कन, सर्भिस बुकिङ्गको सेवा पाउन सकिनेछ । यस्तै रेफरल योजना र ग्राहकहरुको सुझावहरु पनि वेब पोर्टलमार्फत लिइनेछ ।

साथै यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ गरेमा एक वर्ष निःशुल्क सर्भिसिङ र कन्सुमेबल प्रदान गरिनेछ ।

कम्प्युटर र मोबाइल फोनबाट इन्टरनेट प्रयोगकर्ताले यो वेब पोर्टल चलाउन सक्ने कम्पनीले जनाएको छ ।

कोरोना महामारीलाई जित्न अग्रस्थानमा खटिने स्वस्थकर्मीहरुलाई अहिले चलिआएको योजनाभन्दा थप पचास हजार रुपैयाँको छुटको व्यवस्था गरिएको छ ।

यसैबीच टाटाका गाडी किन्ने र गाडीबारे जानकारी लिन चाहनेले यस वेब पोर्टलमा सिप्रदीका कर्मचारीहरुसँग लाइभ च्याट गर्न सक्ने र फोन पे या ई–सेवाको माध्यमबाट गाडीको बुकिङसमेत गर्न सक्ने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया