विदेशमा गएको एक हप्तामा ४८ नेपालीको ज्यान गयो, उडान नहुँदा १८९ शव गन्तव्य देशमै रोकिए

 जेठ ३०, २०७७ शुक्रबार १८:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको एक हप्ताको अवधिमा मात्रै रोजगारीका लागि विदेशमा रहेका ४८ जनाको ज्यान गएको छ । विभिन्न देशमा कोरोनासहित अन्य विभिन्न कारणले गएको एक हप्तामा ४८ जनाको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कोरोनाको कारण अन्तराष्ट्रिय उडान बन्द भएपछि खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया र अन्य देशमा गएको शुक्रबारसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या २३८ थियो । यो साता ज्यान गुमाउनेको सङ्ख्या २७२ पुरुष र १४ जना महिला गरी २८६ पुगेको छ ।

सबैभन्दा बढी साउदीमा ८० जनाको ज्यान गएको छ । त्यसपछि यो अवधिमा मलेसियामा ६०जना, यूएईमा ६३ जना, कतारमा ४१ जना, कुवेतमा १७ जना, बहराइनमा ७ जना, ओमानमा १ जना, दक्षिण कोरियामा पाँच जना र अन्य विभिन्न देशमा ज्यान गुमाउनेको सङ्ख्या १२ छ ।

९७ मृतकका परिवारले दिए उतै अन्त्येष्टिका लागि अनुमति

बोर्डका अनुसार मृतकमध्ये ९७ का परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि लामो समयसम्म शव नआएपछि मृतकका आफन्तले उतै अन्त्येष्टिका लागि अनुमति दिन थालेका हुन् । २८६ शवमध्ये ९७ शवको गन्तव्य देशमै व्यवस्थापन हुने भएपछि अब स्वदेश ल्याउन बाँकी १८९ शव बाँकी छ ।

गएको शुक्रबार यूएईबाट नेपाली फर्किएको जहाजमा इलामका एक जनाको शव पनि आएको थियो । सरकारले लकडाउनका कारण उडान नहुँदा रोकिएका शव पनि चार्टर्ड उडान भएको बेला ल्याउने निर्णय गरेका छ । यसरी ल्याइएको शव आफन्त लिन काठमाण्डौ आउन नपाएमा बोर्डले नै बुझेर घरसम्म नि:शुल्क ढुवानी गर्ने जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया