आरडीटी परीक्षण गर्न गएका डाक्टरको टोलीमाथि ढुङ्गामुढा

 जेठ ३१, २०७७ शनिबार २०:४७:५४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको पलाँता गाउँपालिकाको राडुनेटा क्वरेण्टीनमा रहेकाहरुको आरडीटी जाँच गर्न गएको डाक्डरको टोलीमाथि ढुङ्गामुढा भएको इलाका प्रहरी कार्यालय थिर्पुले जनाएको छ ।

पलाँता गाउँपालिकाद्वारा सञ्चालित साझा यातायात चढेर थिर्पुबाट राडुनेट जान लागेको डाक्टरसहित स्वास्थ्यकर्मीको टिममाथि ढुङ्गामुढा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बलमे बताउनुभयो ।

ढुङ्गामुढा गर्नेहरुको खोजी भइरहेको र दोषीलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबाबु ओलीयाले बताउनुभयो । पलाँता गएका डाक्टर सुवास आचार्यसँग फोन सम्पर्क हुन नसकेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । 

पचाल झरना र पलाँता गाउँपालिकामा हेर्ने गरी डाक्टर सुवासको टिम त्यहाँ गएको हो । डाक्टरको टिम अहिले इलाका प्रहरी कार्यालय थिर्पुमा रहेको छ ।     
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया