रामेछापमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ पुग्यो

 जेठ ३२, २०७७ आइतबार २१:४७:३६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा थप दुईमा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै रामेछापमा कोरोना पुष्टि हुनेको सङ्ख्या १९ पुगेको छ । 

आइतबार मन्थली नगरपालिका ४ सालुका एक र लिखु तामाकोशी गाउँपालिका ३ का एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरु दुवै जना लकडाउनपछि भारतबाट आएका हुन् । 

लकडाउनपछि रामेछाप आएका उनीहरु मन्थली नगरपालिकामा निमार्ण गरिएको क्वरेण्टीन र लिखु तामाकोशी गाउँपालिकामा निमार्ण गरिएको क्वरेण्टीनमा बस्दै आएका थिए । 

उनीहरुको स्वाब परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएकोमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको जिल्ला अस्पताल रामेछापका डा. जितेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमण पुष्टि भएसँगै दई जनालाई यी दुई रामेछाप अस्पतालमा निमार्ण गरिएको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको डा.  कर्णले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया