हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो भाडा र उडान तालिका (सूचीसहित)

 असार १, २०७७ सोमबार १५:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिमालय एअरलाइन्सले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने चार्टर्ड उडानको नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको छ ।

सरकारले पहिलो पटक तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअरलाइन्सले तोकेको नयाँ भाडादर केहीमा नेपाल एअरलाइन्सभन्दा सस्तो छ भने केहीमा महंगो छ ।

यस्तो छ हिमालयले तोकेको नयाँ भाडादर

साउदीको दमामबाट नेपाल फर्कने नेपालीको लागि हिमालयले ४६५ अमेरिकी डलर भाडादर कायम गरेको छ । मलेसियाको क्वालालाम्पुर विमानस्थलबाट स्वदेश फर्कनेका लागि ३७२ अमेरिकी डलर तोकिएको छ ।

यूएईको आबुधाबीका लागि ३८५, बंगलादेशको ढाकाका लागि १६५, माल्दिभ्सको मालेका लागि ४८०, सिंगापुर, नोमपेन्ह र कम्बोडियाका लागि ५२०, श्रींलङ्का र माल्दिभ्सका लागि ३८० अमेरिकी डलर तोकिएको छ ।

कहाँबाट कहिले हुन्छ उडान ?

जुन १६ तारिखमा हिमालय एअरलाइन्सले श्रीलंकाको कोलम्बोबाट र बंगलादेशको ढाकाबाट उडान भर्नेछ । जुन १७ तारिखमा सिंगापुर र कम्बोडियाबाट उडान भर्नेछ भने जुन १८ मा मलेसिया, साउदीको दमामबाट उडान भर्नेछ । यस्तै जुन १९ मा फेरि साउदीको दमाम र माल्दिभ्सबाट तथा जुन २० मा यूएईको आबुधाबी र बंगलादेशबाट उडान भर्ने तालिका तय भएको छ ।

टिकट काट्न कसलाई सम्पर्क गर्ने ?

जुन १६ मा माल्दिभ्स र श्रीलंकाबाट हुने उडानका लागि रुप्सी ट्राभल्समा ९७७०१४४४५६६२ मा सम्पर्क गर्न सकिने एअरलाइन्सले जनाएको छ ।

जुन १७ मा बंगलादेश र कम्बोडियाबाट हुने उडानका लागि हार्वेस्ट मून ट्राभल एण्ड टूर्स प्रालिमा ९७७ ०१ ४४१५५१७/४४१५५७४ र मोबाइल नम्बर ९८०१२३१५४३ मा सम्पर्क गर्न सकिन्छ ।

जुन १८ मा मलेसिया र साउदीबाट हुने उडानका लागि मलेसियाका लागि सुनिल दाहाललाई ६० ११३७१८९२५२ मा र साउदीको दमामबाट हुने उडानका लागि सुवास तिमिल्सिनालाई ९६६५९८४००१९८ मा सम्पर्क गर्न सकिन्छ ।

जुन १९ मा साउदीको दमामबाट हुने उडानका लागि सुवास तिमिल्सिनालाई नै सम्पर्क गर्न सकिन्छ भने माल्दिभ्सबाट हुने उडानका लागि रुप्सी ट्राभल्समा ९७७०१४४४५६६२ मा सम्पर्क गर्न सकिने एअरलाइन्सले जनाएको छ ।

जुन २० मा यूएईको आबुधाबीबाट हुने उडानका लागि फिशटेल ट्राभल एण्ड टुरिजम एलएल सी मा सम्पर्क गर्न सकिन्छ । ९७१४३५९००३/४३३३२७०० मा सम्पर्क गर्नुपर्ने एअरलाइन्सले जनाएको छ भने बंगलादेशको ढाकाबाट हुने उडानका लागि हार्वेस्ट मून ट्राभल एण्ड टूर्स प्रालिमा ९७७ ०१ ४४१५५१७/४४१५५७४ र मोबाइल नम्बर ९८०१२३१५४३ मा सम्पर्क गर्न सकिन्छ ।

८५ प्रतिशत यात्रु सङ्ख्या भएमा मात्र उडान हुने र अन्य प्राविधिक कारण भएमा उडान रद्द हुने एअरलाइन्सले जनाएको छ । यात्रु नेपाल आइसकेपछि सरकारले तोकेको नियम अनुसार क्वरेण्टीनमा बस्नु पर्नेछ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Sabin kc

    June 17, 2020, 11:29 p.m.

    ड्युटी नभएको मार्च २० देखि हो , अब हाम्रो घर जाने पालो आउने कहिले हो ?? यतै मरिन्छ कि के हो !!

  •  0 Reply
  • गर्नु ganga bahadur pun

    June 15, 2020, 4:34 p.m.

    झुट पानो कति बोल्न जानेको सरकार 480$ 505$ भन्छ मान्छे ले टिकेट लिसके अनी 380$ भन्छ घरि flight cancelled भन्छ आफु त confiuse छ फेरि सवै लाई फसाई सक्यो. अब सवै flight पछी भाडा घटाए हुन्छ सवै लाई दुख दिने

  •  0 Reply
  • laxman sunar

    June 15, 2020, 4:10 p.m.

    ३ महिना देखि काम छैन , भीसा सकिएको अवस्था ...दुतावासमा फोन गरेको केही जवाफ छैन ...पीडित भयौं हामी / plz help out us thank you very much

  •  1 Reply

तपाईको प्रतिक्रिया