हेटौंडा जोड्ने दुईवटा सडक अवरुद्ध

 असार ६, २०७७ शनिबार ११:२१:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौ हेटौडा जोड्ने दुईवटा सडक अवरुद्ध भएका छन् ।

मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको हो । भीमफेदी जुरीखेतदेखि देउरालीसम्म विभिन्न ठाउँमा पहिरो गएको छ । बिजुलीका पोल पनि ढलेका छन् । पहिरो झरेपछि गाडीहरु रोकिएका छन् । त्यस्तै कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया–११ घट्टेपाखामा पहिरोले काठमाण्डौ आउजाउ गर्ने गाडी चल्न सकेका छैनन् । कान्ति लोकपथअन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न ठाउँमा पहिरो खसेर आवतजावतमा समस्या हुँदै आएको र खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । वर्षायाममा कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो झर्ने गर्छ ।
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया