रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेको छ ।
जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुन थालेको मौसमविद् बरुण पौडेलले बताउनुभयो । ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएको छ । प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव रहेको छ । अहिले गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज बेलुका प्रदेश १, २ र वाग्मतीमा ठूलो पानी पर्ने सम्भावना छ ।
राति पनि सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली तथा बाँकी प्रदेशमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।