पाँच देशबाट १५ सय ५१ नेपाली घर फर्किए, सबैभन्दा धेरै यूएईबाट तीन उडान

 असार ७, २०७७ आइतबार १९:३४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । आज सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत एक बच्चासहित १५२ जना, दुबई विमानस्थलबाट फ्लाई दुबईको चार्टर्ड उडानमार्फत एक बच्चासहित १८४ जना र दुबईबाटै नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २६१ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यस्तै आज साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएका छन् । आज राति बहराइनमा समस्यामा परेका नेपाली लिन नेपाल एअरलाइन्सको चार्टर्ड जहाज त्यसतर्फ उड्ने तालिका रहेको छ । आज मात्रै त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ६ उडान भएका छन्।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया