अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाडाैं – संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईबारे निर्णय लिन पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको हो ।
बुधबार बसेको समितिको पछिल्लो बैठकले शुक्रबार प्रस्तावित प्रधानन्यायाधिश जोशीको सुनुवाईबारे ठोस निर्णय लिने जनाएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) प्रस्तावित प्रधानन्यायाधिश जोशीलाई अस्विकृत गर्न सर्वसम्मत निर्णय गर्ने दाउमा रहेको छ भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस जोशीलाई नै प्रधानन्यायाधिश बनाउनुपर्ने अडानमा रहेको छ ।
प्रमुख दुई दलका फरक–फरक अडानका कारण गत श्रावण १० गते नै सुनुवाई सकिए पनि जोशीलाई के गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन ।
जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र माथि पनि प्रश्न उठेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोशीलाई प्रस्तावित प्रधानन्यायाधिश बनाउन नहुने पक्षमा उभिएको छ । कायममुकायम प्रधानन्यायाधीश जोशी जग्गाको मुद्दा फैसलासम्बन्धी विवादमा पनि तानिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।