नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबामा खो–खो लिग हुँदै
फागुन २७, २०८१ मंगलबार
काठमाण्डाै – रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो ।
उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले साेमबार उपभाेक्ता समितिकाे जिम्मेवारीमा रहेकाे काम सम्पन्न भएकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई औपचारिक जानकारी दिने बताउनुभयो ।
विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएकाे हो ।
यसअघि २०७७ वैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन) अघि यो काम सक्ने तालिका भए पनि कोभिड-१९ महामारी रोकथाम तथा न्यूनीकरणकाे लागि सरकारले लागू गरेको लकडाउनकाे कारण प्रभावित भएको थियो ।
पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र अपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।
दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउनकाे लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहनुभएका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो ।
यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गरेर रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ ।
रानीपोखरीको पिँध पुनर्निर्माणकाे लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाण्डाैका कालीगढ पनि सहभागी भएका थिए ।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम भइरहेकाे छ । यी काम सिए/तुलसी कन्स्ट्रक्शन जेभीले गरिरहेको छ ।
ठेक्काको पनि झण्डै ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेका छौँ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।