नियम विपरीत सञ्चालनमा आएका ट्याक्सी कारबाहीमा

 असार १८, २०७७ बिहिबार १२:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदा पनि चलेका गाडीलाई प्रहरीले कारबाही गरेको छ । 

दैनिक चार पाँच सयको सङ्ख्यामा चलेका सार्वजनिक गाडीलाई सडकमै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

 प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको सङ्ख्यामा सडकमा भाडाका गाडी सञ्चालनमा आएको र ती गाडीलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताउनुभयो ।

 सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताउनुभयो । अत्यावश्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने जाँच गरी सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवनयापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले गाडीको जाँचलाई कडाइ गरी सञ्चालन आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो । 

सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी गाडीलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Saroj Gotame

    July 2, 2020, 2:49 p.m.

    पहिले मिटरमा नगएर बार्गेनिंगमा गएको बेलाको नाफा कमाएको पैसाले बैंकको ब्याज तिर्नु नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया