सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
धनुषा – धनुषामा गोली प्रहार गरी दशगजा क्षेत्रमा एक युवकको हत्या भएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका –१, इनरवामा गोली प्रहार गरी कमला नगरपालिका –८, का २५ वर्षीय राजेश यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
नचिनेका मानिसको समूहले यादवलाई बिहीबार राति १ बजे तिर नै हत्या गरे पनि बिहान ७ बजेर ४० मिनेटमा प्रहरीलाई स्थानीयबासिन्दाले जानकारी गराएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक केशवराज थानदारले बताउनुभयो । मृतक यादवको कन्चटमा २ गोली र काखीमा एक गोली गरी तीन गोली लागेको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, गोलीको तीनवटा खोका र ज ५ प ६३२१ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
घटना नेपाल भारतको सीमाना दशगजाभन्दा ५ सय मिटरभित्र भएकाले गोली प्रहार गर्ने समूह भारततिरको हुन सक्ने र मृतक यादवसमेत आपराधिक जस्तो देखिएको प्रहरीका आशंका छ । राति घटना भएको बेला गोली चलेको आवाज सुनिएको स्थानीय बासिन्दाले प्रहरीलाई बताएको जनाएको छ । मृतक यादवको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गएको वर्ष पनि त्यही क्षेत्रमा गोली प्रहार गरी एक पुरुषको हत्या भएको थियो ।