नेपालमा काेराेना सङ्क्रमणकाे कारण थप ३ काे मृत्यु, मृतककाे सङ्ख्या ३८ पुग्याे

 असार २७, २०७७ शनिबार १७:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणकाे कारण नेपालमा शनिबार थप तीन जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । काठमाण्डाैका दुईसहित तीन जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डाै महानगरपालिका १० शङ्खमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मिर्गाैला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाण्डाैकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाण्डाै मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले बताउनुभयो । मिर्गाैलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वाबको नमुना सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि २५ गते नै निधन भएको हाे । असार १८ गते क्षय रोगको उपचारकाे लागि पाटन अस्पताल भर्ना हुनुभएका उहाँमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया