गोक्यो हिमतालमा डुबेर ३ विद‍्यार्थी बेपत्ता

 साउन १९, २०७५ शनिबार १५:२:४२ | सुवास दर्नाल

सोलुखुम्बु – सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा रहेको खुम्जुङ माविबाट भ्रमणमा गएको कक्षा ९ को टोलीका ३ विद्यार्थीहरु स्थानीय गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, १६ वर्षीय पेम्बा नुरु शेर्पा, १६ वर्षीय सुनिल बराइली रहेको खुम्बु पासाङल्हामु गाउँपालिका सदस्य उमा बराइलीले उज्यालोलाई जानकारी दिनुभयो ।

भ्रमण टोलीमा विद्यालको कक्षा ९ मा अध्ययनरत जम्मा ३३ जना विद्यार्थीहरु सम्मिलित थिए ।

३३ जना विद्यार्थीहरुमध्ये शनिबार बिहान नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । 

उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गैसकेको प्रहरी नायव उपरीक्षक रेशम पराजुलीले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया