अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठदेखि यज्ञसम्म

 असार २९, २०७७ सोमबार ८:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलिउडका महानायक अमिताभ बच्चनमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् । यस्तै कतिपय ठाउँमा यज्ञ पनि गरिएको छ ।

अमिताभ बच्चन लगायत  छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अमिताभ बच्चनले शनिबार राति ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण भएको जानकारी गराएपछि फ्यानहरुले प्रार्थना गर्न थालेका हुन् । 

कलकत्तामा अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै यज्ञको आयोजना गरिएको छ । कलकत्ताको श्याम बजारमा रहेको शिव मन्दिरमा त्यहाँका मानिसले यज्ञ गरेका हुन् । यस्तै अल सेलिब्रेटी फ्रेन्ड्स क्लबका सदस्यले पनि बेहालाको चौरस्ता क्षेत्रमा भव्य पूजाको आयोजना गरेका छन् । 

कलकत्ता बाहेक मुम्बई तथा मध्यप्रदेशमा पनि अमिताभ बच्चनको स्वास्थ्यको कामना गर्दै पूजा  समारोहहरु भइरहेका छन् । मध्यप्रदेशको प्रख्यात उज्जैन मन्दिरमा अमिताभ र परिवारका सदस्यको स्वास्थ्य कामना गर्दै विशेष पूजा गरिएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया