पौडी खेल्न मर्स्याङ्दीमा पसेका २ जना बेपत्ता, एक जनाको उद्धार

 साउन १९, २०७५ शनिबार १८:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका–१, चिपलेटीस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा २ किशोर बेपत्ता भएका छन् ।

पौडी खेल्न नदीमा गएका ३ जनामध्ये २ जना नदीमा डुबेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीका अजित थापा र बेसीशहर नगरपालिका–६, मकै डाँडाका योगेन्द्र रिमाल रहेका छन् ।

एकजनाको भने उद्धार गरिएको छ । नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीयले बेसीशहर नगरपालिका–६, मकै डाँडाका १५ वर्षका प्रतिक रिमाललाई नदीबाट उद्धार गरिएको जिप्रका लमजुङका इन्स्पेक्टर बसन्त पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार साँढे ३ बजे चार जना पौडी खेल्नका लागि मस्र्याङ्दी नदी गएका थिए ।

चारजनामध्ये ३ जना पौडी खेल्न नदीमा पसेका थिए । ३ जनामध्ये २ जना बेपत्ता भएका हुन् । एकजनाको उद्धार गरिएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया