बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुन्छ : मन्त्री थममाया थापा

 साउन १९, २०७५ शनिबार १८:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अब कुनै पनि महिलालाई बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुने बताउनु भएको छ ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वस्वसहित जन्म कैदको सजाय हुने बताउनुभयो ।

महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै उहाँले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताउनुभयो ।

मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रुढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाको रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तबरबाट पहल कदमी चलाउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया