नक्कली भ्याट बिल प्रयोग गर्ने युनिक वाइडविरुद्ध साढे ३७ करोड बिगो दाबीसहित मुद्दा दायर

 असार ३०, २०७७ मंगलबार १८:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झुठा र नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको आरोपमा काठमाण्डौको युनिक वाइड इन्टरनेशनल प्रालीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले युनिक वाइडविरुद्ध ३७ करोड ६० लाख रुपैयाँ बिगो असुल र कैद माग दाबी गरेर मुद्दा दायर गरेको हो । युनिक वाइडले वस्तु तथा सेवा खरिद नै नगरि झुठा र नक्कली कर बिजकको आधारमा कारोबार गरेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले नक्कली भ्याट बिल उपलब्ध गराउने भुवन पाण्डेलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । 
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया